आजदेखि दोकानडाँडामा खुल्ला नकआउट फुटबल, उद्घाटनमा आयोजक र फाल्गुनन्द खेलकुद समिति भिड्दै

इलाम : आज (शनिबार) देखि इलामको फाकफोकथुम गाउँपालिका-७ स्थित दोकानडाँडामा खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु हुँदैछ ।

स्थानीय जनकल्याण माध्यमिक विद्यालयको खेलमैदानमा संचालन हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजकले फाल्गुनन्द खेलकुद समिति फाकफोकथुम-७ बीच प्रतिष्पर्धा गर्दैछ ।  त्यस्तै शनिबार नै दोस्रो खेलमा देमाई नगरपालिका एफसी र देउराली युनाईटेडबीच प्रतिष्पर्धा हँदैछ ।

फाकफोकथुम खेलकुद विकास समिति, फाकफोकथुम-७ दोकानडाँडाको आयोजनामा संचालन हुने प्रतियोगितामा इलाम, झापा र पाँचथरका गरी १६ टिमको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेताले नगद १ लाख २५ हजार र उपविजेताले नगद ६५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ताले नगद २ हजार र ट्रफि पाउनेछन् । प्रत्येक खेलको उत्कृष्ट खेलाडीले नगद १ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको फाइनल खेल २५ कात्तिकमा हुनेछ । प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा नयाँ बुलन्द डटकम रहेको छ ।

फाइनलको अवसरमा साँस्कृतिक कार्यक्रम समेत संचालन हुनेछ । कार्यक्रममा प्रथम नेपाली तारा दिपक लिम्बूसहित अन्य स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार