इलाम : राष्ट्रिय वन पैदावर व्यवसायी संघ इलामको अध्यक्षमा पुन: रोहित खड्का निर्वाचित भएका छन् ।
शुक्रबार इलाम सदरमुकाममा भएको संघको १४ औं साधारणसभा तथा ८ औं महाधिवेशनबाट खड्का पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।
समितीको बरिष्ठ उपाध्यक्षमा बुद्धकुमार राई, उपाध्यक्ष देवेन्द्र सुनुवार, प्रेम गुरुङ निर्वाचित भएका छन् ।
महासचिवमा अरुण बराल, सचिव दिनेश खनाल र प्रकाश राई, कोषाध्यक्ष ज्ञानबहादुर खत्री निर्वाचित भएका छन् । सदस्यहरुमा नेत्र बराल, राजेन्द्र निरौला कृतबहादुर लिम्बु, डाकप्रसाद भट्टराई, देउकुमार कटुवाल, चन्द्रकुमार कटुवाल, लक्ष्मी गुरुङ, श्रीप्रसाद राई, सन्तोष गिरी निर्वाचित भएका छन् ।
अन्य सदस्यहरुमा कमलबहादुर कार्की, सविमान राई (सुदिप) र पुकारराज राई निर्वाचित भएका छन् ।