इलाम : इलामको सन्दकपुर गाउँपालिका–५ जमुनामा जारी कागे नकाउट फुटबल प्रतियोगितामा ढापपोखरी र इलाम एफसी विजयी भएका छन् ।
शुक्रबारको पहिलो खेलमा माबु-२ लाई ७-१ को फराकिलो गोल अन्तरमा पराजित गर्दै ढापपोखरी जमुना अघिल्लो चरणमा प्रवेश गरेको छ ।
दोस्रो खेलमा लाहुरे एफसी विरुद्ध ४-१ गोलको सहज जित निकाल्दै इलाम एफसीले अघिल्लो चरणको यात्रा तय गरेको हो ।
प्रतियोगिता अन्तरगत शनिबार पनि दुई खेल संचालन हुनेछन् । पहिलो खेलमा सन्दकपुर एफसी र युथ युनाइटेड तथा दोस्रो खेलमा जमुना एफसी र टारी एफसीबीच प्रतिष्पर्धा हुनेछ ।
जमुना खेलकुद विकास समितिआयोजनमा संचालित प्रतियोगितामा २0 टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार एक सय र उपविजेताले नगद ७५ हजार पाँच सय रुपैयाँसहित ट्रफि पाउनेछन् । प्रतियोगिताको फाइनल २५ कात्तिकमा हुनेछ ।