स्वास्थ्य क्षेत्रमा रोङ गाउँपालिका जिल्लामा पहिलो

इलाम : इलामको रोङ गाउँपालिका आर्थिक वर्ष २०७९।०८० मा स्वास्थ्य क्षेत्रमा जिल्लाका १० स्थानीय तहमध्ये पहिलो भएको छ ।
१४ र १५ कात्तिकमा भएको जिल्ला स्तरीय समिक्षा मूल्याङ्कनमा रोङ गाउँपालिका पहिलो भएको हो ।

विभिन्न ३५ वटा सूचक र पालिकाहरूले गरेको फरक नविनतम् कामको आधारमा मूल्याङ्कन गर्दा रोङ गाउँपालिका पहिलो भएको हो ।

यसअघि आव २०७७।०७८ मा अन्तिम भएको रोङ गाउँपालिका आव २०७८।०७९ मा तेस्रो स्थानमा आएको थियो ।

आफ्नो पालिका पहिलो भएपछि रोङ गाउँपालिका अध्यक्ष मणीकुमार स्याङ्बो सुवासले सामाजिक सञ्चालमार्फत विशेष धन्यवाद प्रकट गरेका छन् ।

मुल्याङ्कनमा सूर्योदय नगरपालिका दोस्रो र सन्दकपुर गाउँपालिका तेस्रो भएको छ ।

इलाममा ४ नगरपालिका र ६ गाउँपालिका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार