इलाम : इलामको देउमाई नगरपालिका-२ स्थित साब्जुङमा जारी दिपावली विशेष खुला नकआउट फुटबल प्रतियोगितामा बिहीबार चार खेल सम्पन्न भएका छन् ।
बिहीबारको खेलमा पिपलबोटे एफसी, मिरमिरे एफसी, विकल्प एफसी र दमक एफसी विजयी भएका छन् ।
पहिलो खेलमा बानाना एफसी विरुद्ध २-१ गोलको कठिन जित निकालदै पिपलबोटे एफसी विजयी भयो ।
दोस्रो खेलमा ड्रिम एफसीलाई ४-१ को फराकिलो अन्तरमा पराजित गर्दै मिरमिरे फएसी बिजयो भयो ।
तेस्रो खेलमा पानीटार एफसीलाई टाइब्रेकरमा पराजित गर्दै विकल्प एफसी चमैता विजयी बन्यो ।
त्यस्तै चौथो खेलमा फत्तेजुङ एफसीलाई टाइब्रेकरमा वराजित गर्दै दमक एफसी विजयी भयो ।
प्रतियोगिता अन्तरगत शुक्रबार पनि चार खेल संचालन हुनेछन् । पहिलो खेलमा आयोजक साब्जुङ खेलकुद विकास समिति र एनआरटी एफसी, दोस्रो खेलमा इस्ट इलाम र सिम्ले, तेस्रो खेलमा टिवाइसी र तपेवा तथा चौथो खेलमा सुर्के र केवाईसी बीच प्रतिष्पर्धा हुनेछ ।
नेकपा (माओवादी केन्द्री) को सहायक संगठन वाइसीएल नेपालको प्रायोजनमा साब्जुङ खेलकुद विकास समितिको आयोजनमा १३ कात्तिकदेखि संचालित प्रतियोगितामा २६ टिमको सहभागिता छ ।
प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद ३० हजार पाउनेछन् । प्रतियोगिताको फाइनल २७ कात्तिकमा हुने वाईसीएल देउमाई नगर समिति इन्चार्ज डिवन राईले जानकारी दिए ।