कागे नकाउट फुटबल सुरु, भेटेनरी र थ्री लिफ्स विजयी

जमुना :  इलामको सन्दकपुर गाउँपालिका–५ जमुनामा बिहीबारदेखि कागे नकाउट फुटबल प्रतियोगिता सुरु भएको छ ।

बिहीबारको खेलमा भेटेनरी जनुना र थ्री लिप्स जमुनाले विजयी सुरुआत गरेका छन् ।

प्रतियोगिताको उद्धघाटन खेलमा  नालिफुङ्वा माबु विरुद्ध ३-० गोल अन्तरको सहज जित निकाल्दै भेटनरी जमुना विजयी भयो ।

खेलको १८ औं मिनेटमा भेटेनरीको जितमा निशान राईले सुरुवाती अग्रता दिलाए । दोश्रो हाफको नवौं मिनेटमा अविशेक तामाङले अग्रता दोब्बर बनाए । १७ मिनेटमा पुन: निशानले व्यक्तिगत दोश्रो गोल गरेर भेटेनरीलाई ३-० को सहज जित दिलाए ।

दोश्रो खेलमा रेडपाण्डा इङ्लालाई २-१ गोल अन्तरकले हराउँदै थ्री लिप्स जमुना विजयी भयो । खेदको पहिलो मिनेट नै थ्री लिप्सका आर्दश गुरुङले सुरुवाती अग्रता दिलाए । २३ औं मिनेटमा रेडपाण्डाका आइन्द्र लिम्बुले पेनाल्टीको मौकालाई सदसपयोग गर्दै खेल बराबरीमा ल्याए । दोश्रो हाफको २१ औं मिनेटमा थ्री लिप्सका अविशेक राईले गोल गर्दै टिमलाई अघिल्लो चरणमा पुर्याए ।

प्रतियोगिता अन्तरगत शुक्रबार पनि दुई खेल संचालन हुनेछन् । पहिलो खेलमा ढापपोखरी र माबु-२ तथा द्रोस्रो खेलमा इलाम एफसी र लाहुरे एफसी भिड्दैछन् ।

जमुना खेलकुद विकास समितिआयोजनमा संचालित प्रतियोगितामा २0 टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार एक सय र उपविजेताले नगद ७५ हजार पाँच सय रुपैयाँसहित ट्रफि पाउनेछन् । प्रतियोगिताको फाइनल २५ कात्तिकमा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार