सन्दकपुर गाउँपालिका-२ मा उपभोक्ता संस्थाका पदाधिकारीलाई अभिमुखिकरण

सन्दकपुर : सन्दकपुर गाउँपालिका-२ मा गठन भएका टोल विकास स्वयसेवी उपभोक्ता संस्थाका पदाधिकारीलाई अभिमुखिकरण गरिएको छ ।

विकास निर्माण, विपद् उद्धार र गाउँपालिका कार्यक्रमहरु कार्यान्वयन गर्ने योजनाका साथ गठन भएका उपभोक्ता संस्थाका पदाधिकारीहरुलाई अभिमुखिकरण गरेको हो ।

सन्दकपुर गाउँपालिका-२ का वडाअध्यक्ष सनम राईको अध्यक्षता गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गको प्रमुख आथित्यता, उपाध्यक्ष हरि बहादूर लुङ्गेलीको आथित्यतामा भएको कार्यक्रममा चालु आर्थिक वर्षमा गाउँपालिकामा कार्यानवयन हुने योजनाहरु र योजना कार्यान्वयन गर्दा अपनाउनुपर्ने कानुनी प्रक्रियाका बारेमा जानकारी गराइएको थियो ।

चालू आर्थिक वर्ष २०८०/०८१ को वार्षिक निति कार्यक्रम तथा बजेट कार्यान्वयनको लागि गठित टोलविकास स्वयंसेवि उपभोक्ता उपभोक्ताका संस्था सन्दकपुर गाउँपालका-२ मा ५ वटा गठन भएका छन् । चार संस्थाका पदाधिकारीहरुलाई सन्दकपुर गाउँपालिका अध्यक्ष तुला गुरुङ्गले आफ्नो काम राम्रो सँग निर्वाहा गर्नुपर्नेमा जोड दिए ।

अभिमुखिकरण कार्यक्रममा स्वयमसेवी उपभोक्ता संस्थाका पदाधिकारी र भौगोलीक आधारमा सदस्यको पनि सहभागिता गरि ३२ जनाको सहभागिता रहेको थियो

अभिमुखिकरण कार्यक्रममा सन्दकपुर प्रमुख प्रशासकिय अधिकृत यादव राउत, प्रशासकिय अधिकृत धननारायण श्रेष्ठ, योजना शाखा प्रमुख टिका बस्नेत, आर्थिक प्रशासन शाखाका भुपेन्द्र कट्टेल, आन्तरिक लेखा परिक्षक सरोज दाहाल, प्राविधिक शाखाबाट राजकुमार यादव लगायत गाउँपालिका भित्रका विभिन्न शाखाका प्रमुखहरुले संस्थाले निर्वाहा गर्नुगर्ने भुमिकाबारे सहजिकरण गरेका थिए ।

गाउँपालिकाले ५ वटै वडाका टोल विकास स्वयसेवी संस्थाका पदाधिकारीलाई अुभिमुखिकरण गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार