इलाम : इलामको देउमाई नगरपालिका-२ स्थित साब्जुङमा जारी दिपावली विशेष खुला नकआउट फुटबल प्रतियोगितामा बुधबार चार खेल सम्पन्न भएका छन् ।
बुधबारको खेलमा पानीटार एफसी, सुर्के एफसी, एनआरटी एफसी र देउराली एफसी विजयी भएका छन् ।
पहिलो खेलमा इभाङ एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै पानीटार एफसी विजयी भयो ।
दोस्रो खेलमा आयोजक साब्जुङ खेलकुद विकास समितिलाई टाईब्रेकरमा पराजित गर्दै सुर्के एफसी बिजयो भयो ।
तेस्रो खेलमा मुलखर्क एफसीलाई ३-१ गोल अन्तरले पराजित गर्दै एनआरटी एफसी चमैता विजयी बन्यो ।
त्यस्तै चौथो खेलमा फत्तेजुङ एफसी विरुद्ध वाकओभर पाएर लागि देउराली एफसी विजयी भयो ।
प्रतियोगिता अन्तरगत विहीबार पनि चार खेल संचालन हुनेछन् ।
नेकपा (माओवादी केन्द्री) को सहायक संगठन वाइसीएल नेपालको प्रायोजनमा साब्जुङ खेलकुद विकास समितिको आयोजनमा १३ कात्तिकदेखि संचालित प्रतियोगितामा २६ टिमको सहभागिता छ ।
प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद ३० हजार पाउनेछन् । प्रतियोगिताको फाइनल २७ कात्तिकमा हुने वाईसीएल देउमाई नगर समिति इन्चार्ज डिवन राईले जानकारी दिए ।