
इलामः इलाम नगरपालिका १२ नम्बर वडास्थित साङरुम्बामा अरिङ्गालको टोकाईबाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीय सन्तोष लिम्बु रहेका छन् । स्थानीय ५९ वर्षीय याम बहादुर लिम्बु र उनका ज्वाई सन्तोषलाई अरिङ्गालले टोकेर घाईते भएका थिए ।
मंगलबार बिहान ९ बजे छिमेकीको बारीमा भुइमा घाँस काटिरहेको अवस्थामा चिलाउनेको रूखमा रहेको अरिङ्गालले टोकेपछि उनीहरु दुवैलाई उपचारको लागि जिल्ला अस्पताल इलाम लगिएको थियो ।
ज्वाई सन्तोषको उपचार इलाममा हुन नसकी थप उपचारको गर्न बिर्तासिटी अस्पताल झापा लगिएकोमा उपचारको क्रममा हिजो राती नै मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घटना सम्बन्धामा जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भइरहेको छ ।