त्रिदेशीय टी-२० सिरिजमा आज नेपाल र युएईबीच फाइनल हुँदै

काठमाडौं : त्रिदेशीय टी-२० सिरिजमा नेपाल र युएईबीच आज फाइनल खेल हुने भएको छ।

शुक्रबार बिहान ११ बजेदेखि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र युएईबीच फाइनल हुन लागेको हो।

नेपाल, युएई र हङकङबीच नेपालमा जारी सिरिजबाट हङकङ बाहिरिसकेको छ।

नेपालले यस सिरिजमा लगातार चार वटा खेल जितिसकेको छ। युएईमाथि दुई र हङकङमाथि दुई जित हात पारेको हो।

युएई र हङकङले एकअर्कासँग एक-एक जित हात पारेको छ। रन रेटको आधारमा युएई फाइनलमा प्रवेश गरेको हो।

गत सोमबार युएईसँग मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपाल ५ विकेटले विजयी बनेको थियो।

यस्तै कात्तिक १ गते भएको पहिलो खेलमा पनि नेपालले युएईलाई ७ विकेटले पराजित गरेको थियो।

नेपालले हङकङलाई पनि कात्तिक २ गते ६ विकेटले र कात्तिक ४ गते ७९ रनले पराजित गरेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार