टोलस्तरीय फुटबल प्रतियोगिताको उपाधि साविक इभाङ-३ लाई

  

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका-२ स्थित इभाङमा संचालित टोलस्तरीय (साविक वडा) फुटबल प्रतियोगिताको उपाधि साविक इभाङ-३ ले जितेको छ ।

विहीबार भएको फाइनल खेलमा साविक इभाङ-४ लाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै साविक इभाङ-३ ले उपाधि जितेको हो ।

निर्धारित समयमा दुवै टिमबाट गोलरहित बराबरीमा खेल सकिएपछि टाईब्रेकरमा धकेलिएको थियो ।

जितसँगै साविक इभाङ-३ ले नगद २० हजार रुपैयाँ हात पारेको छ । उपविजेता बनेको साविक इभाङ-४ नगद १० हजार रुपैयाँमा चित्त बुझायो ।

आयोजक युवा तथा खेलकुद विकास समिति माङसेबुङ गाउँपालिका-२ का अध्यक्ष गोपाल राईको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई, नेकपा माओवादी केन्द्रका माङसेबुङ गाउँपालिका अध्यक्ष पृथीमान जवेथूलगायतले विजेता र उपविजेताहरुलाई पुरस्कार वितरण गरेका थिए ।

माङसेबुङ गाउँपालिका-२ को आर्थिक सहयोगमा युवा तथा खेलकुद विकास समिति माङसेबुङ-२ को आयोजनामा गत शनिबारदेखि प्रतियोगिता संचालन भएको थियो । प्रतियोगितामा स्थानीय जनसाहित्य कोशेली किरण क्लबले सहयोग गरेको थियो ।

स्थानीय इभाङ माध्यमिक विद्यालयको खेलमैदानमा भएको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताबाट वडास्तरीय फुटबल टिम निर्माणका लागि खेलाडी समेत छनौट भएका छन्

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार