पूर्वप्रधानमन्त्री खनाल स्वदेश फिर्ता

  नयाँ बुलन्द
168 Shares

काठमाण्डाै : पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल स्वदेश फर्किएका छन् ।

चीनले बेइजिङमा आयोजना गरेको अन्तर्राष्ट्रिय सहकार्यका लागि तेस्रो बेल्ट एन्ड रोड फोरम (बीआरएफ) मा सहभागी भएर उनी आज साेमवार स्वदेश फर्कनुभएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय विदेश विभाग सचिव डा. शंकर खतिवडाले जानकारी दिए ।

गएकाे हप्ता चीन जानुभएका पूर्वप्रधानमन्त्री खनालले अक्टोबर १८ मा तेस्रो ‘बीआरएफ’ फोरमलाई सम्बोधन गरेका थिए । चीनमा रहँदा उनले चीनमा आएका विभिन्न देशका तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग भेटघाट गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार