एमाले नेता खनाल र अष्ट्रेलियाका सभामुखबीच भेटवार्ता, इलाममा सहयोग गर्ने बचन

सिड्नी : एडिलेड अष्ट्रेलियाका सभामुख रुसेल पुल वोर्लीले इलामका दुर्गम गाँउमा सहयोग गर्ने वताएका छन्।

अष्ट्रेलियाको भ्रमणमा रहेका नेकपा एमाले इलाम जिल्ला कमिटी सचिवालय सदस्य तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी संयोजक बुद्धि प्रसाद खनालसंगको दुई पक्षीय भेटघाटमा सभामुख वोर्लीले इलामका दुर्गम क्षेत्रमा शिक्षा, स्वास्थ्य, भौतिक निर्माण सहयोग लगायत भोलेन्टियर शिक्षक र डाक्टर पठाउने प्रस्ताव गरेको एडिलेड प्रान्तका नेपाली नेता दिपक घिसिङले बताए ।

एडिलेड अष्ट्रेलियाका सभामुख वोर्लीको प्रस्तावलाई नेता खनालले प्रदेश सरकार र स्थानीय सरकार संगको समन्यवमा अनुमति दिइने जानकारी दिएका छन्। इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेका खनालले भने,‘बोर्लीसँगको भेट सौहार्दपूर्ण रहयो । इलामको गाउँमा स्वास्थ्य र शिक्षामा ठूलो लगानी गर्ने प्रस्ताव गर्नुभयो । मैंले स्थानीय सरकारसँग परामर्श गरेर निर्णय दिन्छु भनेको छु ।’ खनालले बोर्लीलाई इलाम भ्रमणको निम्तो पनि दिएका छन् ।

माई नगरपालिका वडा नम्बर(७ का वडा अध्यक्ष समेत रहेका खनालले सभामुख वोर्लीलाई इलाम जसबीरेको ग्रीन टी उपहार दिंदै जिल्लामा उत्पादित चियालाई अन्तराष्ट्रिय बजारीकरणमा जोड दिएका थिए। बोर्ली इलाम भ्रमणका लागि चाँडै निर्णय गरेर खबर पठाउने जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार