इभाङमा टोलस्तरीय फुटबल प्रतियोगिता सुरु

  नयाँ बुलन्द
609 Shares

माङसबेुङ : इलामको माङसेबुङ गाउँपालिका-२ इभाङमा टोलस्तरीय फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।

माङसेबुङ गाउँपालिका २ नं. वडा कार्यालयको सहयोगमा वडास्तरीय युवा तथा खेलकुद विका समितिको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

स्थानीय इभाङ माध्यमिक विद्यालयको खेलमैदानमा सुरु भएको प्रतियोगितामा शनिबार दूई खेल सम्पन्न भए । पहिलो खेलमा साविक इभाङ-५ ‘ए’ र साविक इभाङ-२ ‘ए’ विजयी भएका छन् ।

पहिलो खेलमा साविक इभाङ-१ ‘बी’ लाई २-० गोल अन्तरले पराजित गर्दै साविक इभाङ-५ ‘ए’ विजयी भएको हो । जितका लागि दुवै गोल मध्यान्तरपछि भएको थियो ।

दोस्रो खेलमा साविक इभाङ-९ ‘बी’ विरुद्ध ३-० गोलको सहज जित निकाल्दै साविक इभाङ-२ ‘ए’ विजयी भयो ।

प्रतियोगिता अन्तरगत आइतबार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा साविक इभाङ-४ ‘ए’ र साविक इभाङ-३ ‘बी’ तथा दोस्रो खेलमा साविक इभाङ-३ ‘ए’ साविक इभाङ-४ ‘बी’ बीच प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगिताका विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोजक समितिका अध्यक्ष गोपाल राईले जानकारी दिए ।

प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल ९ कात्तिकमा हुनेछ ।

प्रतियोगिताबाट वडास्तरीय फुटबल टिम निर्माणका लागि खेलाडी छनौट समेत हुने आयोजकले जनाएको छ ।

आयोजक वडास्तरीय युवा तथा खेलकुद विका समितिका अध्यक्ष राईको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन माङसेबुङ गाउँपालिका-२ का वडाअध्यक्ष कृष्णबहादुर बस्नेतले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार