इलाम : इलामको देउमाई नगरपालिका-३ मुलखर्कमा जारी तेस्रो संस्करणको मुलखर्क भेट्रान्स कप फुटबल प्रतियोगितामा आयोजक मुलखर्क युवा खेलकुद विकास समिति र नेपालटार भेट्रान्स फाइनल प्रवेश गरेका छन् ।
शनिबार भएको पहिलो सेमीफाइनलमा सिसुवा भेट्रान्स विरुद्ध ३-२ गोलको संघर्षपूर्ण जित निकाल्दै नेपालटार भेट्रान्सले फाइनलको यात्रा तय गरेको हो ।
त्यस्तै दोस्रो तथा अन्तिम सेमीफाइनलमा ग्रीन इलाम भेट्रान्सलाई टाइब्रेकरममा ४-३ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । निर्धारित समयमा ५-५ गोलको बराबरीमा भएपछि टाइब्रेकमा विजेता निर्धारण गर्नुपरेको थियो ।
उपाधिका लागि नेपालटर भेट्रान्सले सोमबार दिउँसो १ बजे हुने फाइनलमा आयोजकको सामना गर्नुपर्नेछ ।
प्रतियोगिताका विजेताले २५ हजार १ र उपविजेताले १५ हजार १ रुपैयाँ नगद पुरस्कार पाउने आयोजक समितिका अध्यक्ष ताराबाबु सुवेदीले जानकारी दिए ।
प्रतियोगितामा १० टिमको सहभागिता थियो ।
फाइनलको अवसरमा अन्य विभिन्न खेलकुदका कार्यक्रमसाथ साँस्कृतिक कार्यक्रम हुने आयोजक मुलखर्क युवा खेलकुद विकास समितिले जनाएको छ ।