मुलखर्क भेट्रान्स कप : आयोजक र सिसुवा सेमीफाइनल प्रवेश

इलाम : इलामको देउमाई नगरपालिका-३ मुलखर्कमा जारी तेस्रो संस्करणको मुलखर्क भेट्रान्स कप फुटबल प्रतियोगितामा आयोजक मुलखर्क युवा खेलकुद विकास समिति र सिसुवा भेट्रान्स सेमीफाइनल प्रवेश गरेका छन् ।

बिहीबार भएको पहिलो क्वार्टरमा भानुभक्त स्टाफ भेट्रान्सलाई ५-० गोलको फराकिलो अन्तरमा आयोजकले सहजै जित निकालेको हो ।

दोस्रो तथा अन्तिम क्वार्टरमा सिम्ले भेट्रान्सलाई ५-४ को कठिन जित निकाल्दै सिसुवाले सेमीफाईनलको यात्रा तय गरेको हो ।

प्रतियोगिता अन्तरगत शनिबार सेमीफाइनलका खेल हुनेछन् । पहिलो समीफाइनलमा नेपालटार भेट्रान्स र सिसुवा भेट्रान्सबीच प्रतिष्पर्धा हुनेछ । दोस्रो सेमीफाइनलमा खेल ग्रीन इलाम र अयोजक मुलखर्क युवा खेलकुद विकास समितिबीच प्रतिष्पर्ध हुनेछ ।

मुलखर्क युवा खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताका विजेताले २५ हजार १ र उपविजेताले १५ हजार १ रुपैयाँ नगद पुरस्कार पाउने आयोजक समितिका अध्यक्ष ताराबाबु सुवेदीले जानकारी दिए ।

प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल ६ कात्तिकमा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार