माईजाेगमाई : इलामको माईजोगमाई गाउँपालिकाले चाडपर्बलाई लक्षित गरी बजार श्रेत्रको विभिन्न पसलहरु अनुगमन सुरु गरेको छ । सोमबार गाउँपालिका सेवाकेन्द्र नयाँबजारका विभिन्न पसलहरुमा अनुगमन गरेको छ ।
गाउँपालिका उपाध्यक्ष एवम् अनुगमन समितिका संयोजक प्रविना राईकाे नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेत, पालिकाका कर्मचारीलगायत बजार व्यवस्थापन समितिका पदाधिकारीहरु र प्रहरीहरुको उपस्थितिमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा कतिपय पसलहरुमा म्याद गुज्रिएको सामग्री पाइएकाले त्यस्ता सामग्रीहरु बरामद गरी नष्ट समेत गरिएको उपाध्यक्ष एवम् अनुगमन समिति संयाेजक प्रविना राइले जानकारी दिइन् ।