बझाङ केन्द्र विन्दु भएर फेरि भूकम्प, बासिन्दा त्रसित

बाजुरा : सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्र विन्दु भएर फेरि भूकम्प गएको छ । गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु बनाएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको छ ।

केही दिनअघि मात्रै पनि त्यस क्षेत्रमा भूकम्प जाँदा धेरै क्षेति भएको थियो । लगातार भूकम्प जान थालेपछि यस प्रदेशका बासिन्दा त्रसित बनेका छन् ।

twitter sharing button
whatsapp sharing button

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार