इलाम : नेपाल प्रहरी कार्य दक्षता मुल्याङ्कन २०८० मा इलामको श्रीअन्तु प्रहरी चौकी देशभरमा सर्वोत्कृष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय इलाम मातहतको सो चौकी नेपाल भरीबाट सर्वोत्कृष्ट भई प्रथम भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए ।
७ वटै प्रदेश प्रहरी कार्यालयहरु, जिल्ला प्रहरी कार्यालय सबै र प्रहरी चौकीहरुको निरीक्षण तथा अनुगमन गर्दा प्रहरी चौकी मध्येबाट श्रीअन्तु सर्वोत्कृष्ट भएको हो ।
नेपाल प्रहरी प्रधान कार्यालय नक्शाल काठमाडौंले ६८ औं प्रहरी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा प्रहरी चौकी श्रीअन्तुका इन्चार्जलाई पुरस्कृत र चौकीलाई “सर्वोत्कृष्ट प्रहरी चौकी श्रीन्तु इलाम” घोषित गरी संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवरले प्रशंसा पत्र प्रदान गरका छन् ।
नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन, २०८०” र “महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरु मध्येबाट उत्कृष्ट प्रहरी कर्मचारी छनौट मापदण्ड, २०८०” बमोजिम मुल्याङ्कनमा श्रीअन्तु प्रथम भएको हो ।
गतवर्ष पनि नेपाल प्रहरी कार्य दक्षता मुल्याङ्कन २०७९ मा ७७ जिल्लाहरु मध्येबाट “सर्वोत्कृष्ट जिल्ला प्रहरी कार्यालय इलाम” घोषित भएको थियो ।
अन्तर प्रहरी कार्यालय कार्यदक्षता केन्द्रिय मूल्याङ्कन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीसमेतको निरीक्षण अनुगमन टोलीद्वारा १४ असोजमा प्रहरी चौकी श्रीअन्तुको निरीक्षण समेत भएको थियो ।