मुलखर्क भेट्रान्स कप : सिम्ले र आयोजक विजयी

इलाम : इलामको देउमाई नगरपालिका-३ मुलखर्कमा जारी तेस्रो संस्करणको मुलखर्क भेट्रान्स कप फुटबल प्रतियोगितामा बुधबार दुई खेल सम्पन्न भएका छन् ।

खेलमा सिम्ले भेट्रान्स र आयोजक मुलखर्क युवा खेलकुद विकास समिति विजयी भएका छन् ।

पहिलो खेलमा जीतपुर भेट्रान्सलाई ५-३ गोल अन्तरले पराजित गर्दै सिम्ले भेट्रान्स विजयी भयो ।

दोस्रो खेलमा भित्ते भेट्रान्सलाई ३-१ गोल अन्तरले पराजित गर्दै आयोजक मुलखर्क युवा खेलकुद विकास समिति विजेयी भयो ।

प्रतियोगिता अन्तरगत बिहीबार पनि दुई खेल संचालन हुनेछन् । पहिलो खेलमा आयोजक मुलखर्क युवा खेलकुद विकास समिति र भानुभक्त स्टाफ भेट्रान्स तथा दोस्रो खेलमा सिम्ले भेट्रान्स र सिसुवा भेट्रान्सबीच प्रतिष्पर्धा हुनेछ ।

मुलखर्क युवा खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताका विजेताले २५ हजार १ र उपविजेताले १५ हजार १ रुपैयाँ नगद पुरस्कार पाउने आयोजक समितिका अध्यक्ष ताराबाबु सुवेदीले जानकारी दिए ।

प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल ६ कात्तिकमा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार