मुलखर्क भेट्रान्स कप सुरु, उद्घाटनमा नेपालटार र  ग्रीन इलाम विजयी

  नयाँ बुलन्द
469 Shares

इलाम : इलामको देउमाई नगरपालिका-३ मुलखर्कमा मगंलबारदेखि तेस्रो संस्करणको मुलखर्क भेट्रान्स कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

स्थानीय मुलखर्क युवा खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालटार फुटबल क्लब र ग्रीन इलाम भेट्रान्स ईलाम विजयी भएका छन् ।

पहिलो खेलमा धुसेनी फुटबल क्लबलाई ४-२ गोल अन्तरले पराजित गर्दै नेपालटार क्लब विजयी भएको हो । त्यसैगरी दोस्रो खेलमा फत्तेजुङ्ग भेट्रान्सलाई ५-२ गोल अन्तरले पराजित गर्दै ग्रीन इलाम भेट्रान्स ईलाम विजयी भयो ।

प्रतियोगिताका विजेताले २५ हजार १ र उपविजेताले १५ हजार १ रुपैयाँ नगद पुरस्कार पाउने आयोजक समितिका अध्यक्ष ताराबाबु सुवेदीले जानकारी दिए ।

प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल ६ कात्तिकमा हुनेछ ।

मुलखर्क भेट्रान्स कप फुटबल प्रतियोगिता विगत ३ वर्गदेखि मुलखर्कमा संचालन हुँदै आईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार