माई नगरपालिका-५ मा माओवादीको टोल समिति

  नयाँ बुलन्द
511 Shares

इलाम : इलामको माई नगरपालिका ५ मा नेकपा (माओवादी केन्द्र) को टोल समिति गठन भएको छ । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत सो वडाको टोल नम्बर २ मा टोल समिति गठन भएको छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् माई नगरपालिका कमाण्ड इन्चार्ज हरिकुमार रानाको उपस्थितिमा टोल समिति गठन भएको हो ।

लवकुमार शेर्माको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा सन्तोष राई, सचिवमा प्रेमकुमार याख्खा, सहसचिवमा विक्रम राई र कोषाध्यक्षमा निता राई चयन भएका छन् ।

सदस्यहरुमा अमृता शेर्मा, मिरा शेर्मा, थीरप्रसाद मिश्र, अनिल राई, करण गदाईली, अशोक गदाईलीलगायत रहेका छन् ।

‘घरघरमा माओवादी, जनजनमा माओवादी’ नारासाथ संचालन भईरहेको अभियानको क्रममा यतिबेला माओवादी नेताहरु टोलटोलमा पुगेका छन् । अभियान १५ मंसिरसम्म संचालन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार