सिक्किममा सम्पर्कविहीन भएका इलामका पाँच जना परिवारको सम्पर्कमा

  नयाँ बुलन्द
567 Shares

इलाम : मजदुरी गर्न भारतको सिक्किम गएका इलामका ५ जना परिवारको सम्पर्कमा आएका छन् ।

इलाम नगरपालिका–९ का लाक्पा शेर्पा, नरमाया बस्नेत, नरमायाका श्रीमान् कुमार बस्नेत र छोरी ९ वर्षकी खुसी बस्नेत र सेनबहादुर कार्की सम्पर्कमा आएका हुन् ।

उनीहरू सबै सम्पर्कमा रहेको र केही दिनमा नै घर फर्कने तयारीमा रहेका इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाले जानकारी दिए ।

उनीहरू सिक्किमको लाचेम, थम्बु तथा गोलाखर्कमा निर्माण कार्यमा ज्याला मजदुरीका लागि गएका थिए । गएको असोज १७ गते टिस्टा नदीमा आएको बाढीपछि उनीहरू सम्पर्कमा थिएनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार