इलाम : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तरगत इलामको माई नगरपालिका-३ मा वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ ।
माओवादी केन्द्र माई नगरपालिका ३ नं. वडा समितिको आयोजनामा स्थानीय मुसेखोला खेलमैदानमा शुक्रबारदेखि प्रतियोगिता सुरु भएको हो ।
वडादसैंलाई लक्षित गरी आयोजित प्रतियोगिताको उद्घाटन अभियानका वडा कमान्ड इन्चार्ज रामस्जेलले गरेका थिए । उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सदस्य सुनिता लिम्बू राई, जिल्ला सदस्य तेजबहादुर घिमिरे, जिल्ला सदस्य एवम् वडा अध्यक्ष दिलबहादुर पापो, निर्वाचित वडा अध्यक्ष देबकुमार तामाङ्गलगायतको उपस्थिति थियो ।
१२ वटा टिमसको सहभागिता रहेको प्रतियोगितको फाइनल २९ असोजमा हुनेछ ।
माओवादी कन्द्रे ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ मूल नाराका साथ तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियान संचालन गरिरहेको छ । १६ भदौदेखि सुरु भएको अभियानको क्रममा पार्टी र जनतासँग सम्बन्धित विभिन्न गतिविधि संचालन गरिरहेको छ । अभियान १५ मंसिरसम्म संचालन हुनेछ ।