
इलाम : जनता समाजवादी पार्टी (जसपा) नेपाल इलाम जिल्ला पुनर्गठन भएको छ ।
जसपाको विधान महाधिवेशनले पारित गरेको नयाँ विधान लागू भएसँगै जिल्ला तहमा समेत पुर्नगठन भएको हो । शुक्रबार भएको पुनर्गठनबाट छिकिन तामाङ अध्यक्षमा चयन भएका छन् ।
तामाङको अध्यक्षतामा २३ सदस्यी जिल्ला समिति गठन भएको हो । समितको उपाध्यक्षमा धनसिंह राई र यामप्रसाद लिम्बू, सचिवमा सुवास राई चौरासे, उपसचिवमा खेमकुमारी राई (बिनु) र रोशन योङहाङ एवम् कोषाध्यक्षमा राम लिङ्दम चयन भएका छन् ।
सदस्यहरुमा करसिंह राई, प्रकाशचन्द्र राई, बल ब. आङ्देम्बे, सरोज राई, गंगा सुनुवार, निमादोर्जे शेर्पा, कृष्ण खत्री, रेनुका राई, सुरेन्द्र मोक्तान, मिलन सेरेङ लिम्बू, भानु राई, अर्जुनकुमार एक्तेन, रामकुमार राई, पूर्णचन्द्र फियाक, पुष्पा राई र दिवस साम्बा चयन भएका छन् ।
नवगठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई जसपाका केन्द्रीय सदस्य लोकसागर साम्बाले सपथ ग्रहण गराएका थिए ।

जसपाका निवर्तमान जिल्ला अध्यक्ष कमल चाम्लिङको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य साम्बा र लासाङ तामाङ, प्रदेश उपाध्यक्ष प्रेम वनेम र दिपेश राई, प्रदेश निर्वाचन प्रमुख विनोद नेम्बाङ, प्रदेश सदस्य लिलाबहादुर सुनुवार, लिम्बुवान राष्ट्रिय समितिका मुख्य सचिव केदार धिमाल, सचिव संजय राई, खेलकुद समितिका अध्यक्ष बिनु राईलगायतले शुभकामना व्यक्त गरेका थिए ।
जसपाले २०८० असार १० देखि १२ गतेसम्म विधान अधिवेशन सम्पन्न गरिसकेपछि पारित विधान कार्यन्वयनको क्रममा विभिन्न समिति पुनर्गठनलाई तिब्रता दिइएको छ ।