इलाम : समाजवादी मोर्चाले बिहीबार इलाममा जिल्ला स्तरीय सन्देश सभा गर्ने भएको छ।
मोर्चाको इलाम जिल्ला संयोजन समितिको सोमबार इलाममा बसेको बैठकपछि प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला स्तरीय सन्देश सभाको तयारी पूरा भएको जनाएको छ । जिल्ला समन्वय समिति इलामको सभाहलमा विहान ११ बजेदेखि सभा सुरु हुनेछ ।
सभामा जिल्ला, गाउँ/नगर र वडाका पदाधिकारीहरु एवम् जनवर्गीय संगठनका पदाधिकारीहरुको सहभागिता रहनेछ । सभालाई सम्बोधन गर्न चारै दलमा नेताहरु इलाम आउनेछन् ।
मोर्चामा रहेका चार दलका तीन/तीन जनाको प्रतिनिधित्व हुने गरी जिल्ला संयोजन समिति गठन गरको छ ।
समाजवादी मोर्चामा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी रहेका छन् ।
जिल्लास्तरीय सन्देश सभाको अध्यक्षता माओवादी केन्द्रले, संचालन नेकपाले, स्वागत नेकपा एसले र धन्यवाद ज्ञापन जसपाले गर्नेगरी जिम्मेवारी बाँडफाँड भएको छ ।