माई नगरपालिका-५ मा माओवादीको टोल समिति

  नयाँ बुलन्द
161 Shares

इलाम : इलामको माई नगरपालिका-५ मा नेकपा माओवादी केन्द्रको टोल समिति गठन भएको छ ।

थाक्ले, झण्डी, एक्लेबर, सानो कट्टेलटार टोललाई एकीकृत गरी टोल नं. ३ मा माओवादी केन्द्रको टोल समिति गठन भएको हो ।

दीपक राईको अध्यक्षतामा गठित टोल समितिका उपाध्यक्षमा रमेशकुमार राई, सचिवमा कोपिला राई, सहसचिवमा मनोज गुरुङ र कोषाध्यक्षमा कल्पना राई चयन भएका छन् ।

सदस्यहरुमा अन्जना राई,  दिवाना राई,  यामकुमार गुरुङ, भावना राई, चन्द्रबहादुर मगर, खम्बीमाया राई, सुजन राई, डिल्लीराम राई, कमला राई, देशबहादुर राई, बलबहादुर राई  र राजेश खाम्दाक रहेका छन् ।

‘घरघरमा माओवादी, जनजनमा माओवादी’ नारासाथ संचालन भईरहेको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तरगत टोल समिति गठन भएको अभियानका कमाण्ड इन्चार्ज भक्त लुङ्गेलीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार