क्युआर कोड मार्फत सेवाग्राहीको पृस्ठपोषण लिदै जिल्ला प्रशासन कार्यालय इलाम

इलाम : जिल्ला प्रशासन कार्यालय इलामले क्युआर कोड मार्फत सेवाग्राहीको पृस्ठपोषण लिने कार्य सुरु गरेको छ ।
मंगलबार बाट सेवा प्रवाहका बारेमा नागरिकहरुको धारणा, सन्तुस्टिको स्तर र सुझाव सल्लाह प्रबिधि (QR Code ) मार्फत प्राप्त गर्ने गरि जिल्ला प्रशासनले क्युआर कोडको अभ्यास शुरु गरेको हो ।

सेवाग्राहिले आफ्नै मोबाइलबाट क्यु आर कोड स्क्यान गरि प्रस्नावलीमा प्रवेश गरि प्रत्येक प्रश्नको सम्बन्ध मा आफ्नो धारणा राख्न सक्नेछन भने सहजताको लागि बिकल्प पनि दिइएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले जानकारी दिए ।

प्रमुख पोख्रेलका अनुसार क्युआर मार्फत कार्यालय बाट प्रबाहहुने सेवाको प्रकार, सेवा प्राप्त गर्न लागेको समय, कर्मचारीको ब्यवहार, अतिरिक्त रकम तिर्नु परे नपरेको अवस्थालइ प्रश्नावलीमा समेटिएको बताईएको छ ।

उक्त क्युआरमा कार्यालय बाट सेवा प्राप्त गर्न सकिएन भने त्यस्को कारण समेत जान्न पाए/नपाएको सम्मको अनुभवको आधारमा जिल्ला प्रशासन कार्यालयको समेतको मुल्यांकन सेवाग्राही स्वयमले आफ्नै मोबाइलबाट गर्न सक्ने सुबिधा सहितको QR Code को डिजाईन गरि प्रयोगमा ल्याईएको छ ।

के – के छन क्युआर भित्र प्रश्न ?

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार