इलाम : आफ्ना माग सम्बोधन हुने गरी संघीय निजामती विधेयक ल्याउन माग गर्दै इलाम नगरपालिकामा कार्यरत स्थानीय तहका कर्मचारीको आन्दोलनका कारण नगरपालिकाको सेवा प्रभावित भएको छ ।
स्थानीय तह कर्मचारी संघर्ष समिति इलाम नगरपालिकाका इन्जिनियर दिपक गुरागाईका अनुसार नगरपालिकामा कार्यरत स्थानीय तहका कर्मचारीहरुले केन्द्रीय संघर्ष समितिको निर्णय अनुसार कामकाज ठप्प पारेका छन् ।
नगरका १२ वटै वडामा रहेका कर्मचारीहरु पालिकामा जम्मा भएका छन् । उनिहरुले नगरपालिकाको मुल गेटमा आफ्ना मागहरु समेटिएको कालो ब्यानर समेत टाँसेका छन् । स्थानीय तहका कर्मचारीले संघीय निजामती सेवा ऐनको सट्टामा एकीकृत निजामती सेवा ऐन जारी गरिनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएको गुरागाईले बताए ।