चुलाचुलीकी महिला दमकमा मृत फेला

  नयाँ बुलन्द
12.9k Shares

इलाम : इलामको चुलाचुली गाउँपालिकाकी एक महिलाको शव झापाको दमकमा फेला परेको छ ।

चुलाचुली गाउँपालिका-५ दाहाल गाउँकी रत्नकुमारी राईको शव वेवारिसे अवस्थामा भेटीएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दमक नगरपालिका-२ स्थित हम्सेदुम्से सामुदायिक वनभित्रको रतुवा घाटको छेउमा अन्दाजी ६० वर्ष उमेरकी राईको शव भेटिएको हो ।

मंगलबार बिहान जंगलमा घाँस काट्न गएकी महिलाले शव देखेपछि होहल्ला गर्दै प्रहरीलाई खबर गरेका थिए ।

मृतकको शव अहिले पोष्टमार्टकालागि दमक अस्पतालमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार