इलाममा ट्राफिक जरिवाना अब बैंकमा

जिल्ला ट्राफिक कार्यालय इलाम र त्यस मातहतको ट्राफिक पोस्ट बिबल्याटेले बैंकमार्फत राजस्व लिने व्यवस्था सुरु भएको इलामका ट्राफिक प्रहरी प्रमुख दिपक दुलालले बताए ।

उनले असोज २२ गते सोमबार बाट यसको सुरुवात भएको बताउदै अब जिल्ला भर नै यहि ब्यबस्था मिलाउने तयारी भइरहेको समेत बताए ।

ट्राफिकलाई जरिवाना बुझाउँदा सर्वसाधारणलाई रसिद नदिने, नक्कली रसिद छपाएर राजस्व अनियमितता गरेको आरोप लाग्ने  गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार