सिक्किममा १० इलामेली सम्पर्क बिहिन

इलाम : बिगत केही दिन यता इलामे नागरिक भारतको सिक्किममा सम्पर्क बिहिन भएका छ्न ।  इलाम नगरपालिका–९ का १० जनाभन्दा बढी स्थानीय गत असोज १६ देखि सिक्किम बाट परिवारको सम्पर्क बाट टाडा भएका हुन ।

त्यहाँ काममा रहेका उनीहरु असोज १७ गते टिस्टा नदीमा आएको बाढी पश्चात् परिवारको सम्पर्क भन्दा बहिर रहेको गोलाखर्कका स्थानीय विक्रमबाबु फियाकले नयाँ बुलन्दलाई जानकारी दिएका छन ।

‘टिष्टामा आएको बाढीपछि उहाँहरु आफन्तसँग सम्पर्कविहीन हुनु भएको छ । गोलाखर्क बाटै निर्माण क्षेत्रमा काम गर्न १० जना बढी जानुभएको भन्ने जानकारी पाएको छु अहिले उहाँहरु सम्पर्कमा हुनुहुन्न, सरकारबाट तदारुकताका साथ खोजी आवश्यक भयो,’ फियाकले भने । सम्पर्क बिहिन हुनेहरुमा इलाम नगरपालिका–९ का सेन बहादुर कार्की (सानु), लाक्पा शेर्पा, नरमाया बस्नेत, खुशी बस्नेत र कुमार बस्नेतलगायत १० जना रहेका छन् ।

यता इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले कार्की र शेर्पा बेपत्ता भएको विषयमा आफूहरुलाई जानकारीमा आएको भएपनि बस्नेत लगायत अन्यको विषयमा हालसम्म कुनै जानकारी प्राप्त भइनसकेको बताएका छ्न  ।

पोख्रेलले भने ‘दुई जनाको विषयमा बेपत्ता भएको जानकारीमा आएको छ । हामीले सिक्किमका प्रहरीसँग सम्पर्क गरिरहेका छौ  । आवश्यक समन्वय गरेर सम्पर्कमा ल्याउन जुटिरहेका छौ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार