इलामः हुलाक सेवालाई रूपान्तरण गर्नुपर्ने इलाममा आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । उनिहरूले हुलाक दिवसको अवसरमा बोल्दै हुलाकलाई आधुनिकीकरण गर्दै रूपान्तरण गर्नुपर्नेमा जोड दिए । जिल्ला हुलाकका निमित्त अधिकृत गणेशप्रसाद घिमिरेले हुलाकलाई आधुनिकीकरणमा रूपान्तरण गर्न सके मात्र प्रभावकारी बन्ने बताए । ‘सरकारले नीतिगत रूपमै हुलाकलाई प्रभावकारी बनाउँन काम गर्नुपर्छ अधिकृत घिमिरेले भने-हुलाक पुरानो पाराले चलेको छ । यसलाई सरकाले आधुनिकीकरण गर्नुपर्छ । ‘बजारमा फस्टाएको अनलाइन सेवालाई हुलाकमा जोड्नुु पर्छ भन्दै, घिमिरेले थपे-कुरियर सेवा हुलाकले गर्नुपर्छ । जसले नागरिकलाई सर्वसुलभ सेवा प्रदान गर्ने नीतिगत सुधार गर्न आवश्यक छ ।’ यसै सन्दर्भमा यो वर्षको अतिरिक्त हुलाक कर्मचारीको तलब समेत नआएको बताइएको छ । दशैको मुखमा आइपुग्दा पनि कर्मचारीको तलब नआउँदा समस्या भएको अधिकृत घिमिरेले जानकारी गराए । ‘अतिरिक्त हुलाका कर्मचारीलाई अदालतले काममा फर्कने आदेश दिएको छ । तरअहिलेसम्म तबल पठाएको छैन घिमिरेले भने-तलबका विषयमा केन्द्रमा सम्पर्क गर्दा कागजात पठाएका छौं । मन्त्रालयले निकासा दिएको छैन निकासा दिने बित्तिकै पठाउँछौं भनेको छ तर सुनिश्चित भएको छैन ।’ हुलाकका सूचना अधिकारी अनुप अतिवडाले हुलाकलाई आधुनिकरणमा रूपान्तरण गरे मात्र प्रभावकारी बन्ने बताए । उनले समय सापेक्ष हुलाकलाई सरकारले नीतिगत रूपमै सुधार गर्नुपर्नेमा जोड दिए । परम्परागत प्रणालीलाई आधुनिकरण गर्दै विश्वस्तरमा हुलाकलाई रूपान्तरण गर्न वर्तमानको आवश्यकता हो सूचना अधिकारी अतिवडाले भने-हुलाकमा ढाकको दैनिक आदान प्रदान गर्नुपर्छ । अनलाइन बजार सेवा तथा कुरियारलाई हुलाकमा जोड्नु पर्छ । हुलाक बैंकको समेत कामलाई समेत जोड्न सके सर्वसुलभ ढंगले नागरिकले सेवा पाउँने थिए ।’ १४९ औं हुलक दिवसका अवसरमा सम्मान
जिल्ला हुलाक कार्यालय इलामले सोमबार १४९ औंं हुलाक दिवस ‘विश्वासका लागि सँगै’ भन्ने नाराका साथ मनाएको छ । दिवसको अवसरमा लामो समय हुलाक सेवामा योगदान गरेका ४ जान कर्मचारीलाई सम्मान गरेको छ । हुलाकमा हल्कारा भई ४० वर्ष सेवा गरेका इन्द्रप्रसाद श्रेष्ठ, अतिरिक्त हुलाकमा ५४ वर्ष सेवा पुर्याएका देवेन्द्रनाथ सर्मा, २९ वर्ष कार्यालय सहयोगी भई सेवा गरेकी कल्पना बाँनिया र हुलाकी कमल निरौलालाई सम्मान पत्र सहित सम्मान गरिएको जनाइएको छ । हुलाका कार्यालयका सुब्बा जगन्नाथ निरौलले स्वागत गरेको कार्यक्रममा जिल्ला हुलाकका निमित्त प्रमुख तथा अधिकृत गणेश प्रसाद घिमिरेले खदासँगै सम्मान पत्र वितरण गरेको हुलाकका सूचना अधिकारी अनुप खतिवडा जानकारी गराए । जिल्लामा ५२ हुलाक कार्यालयमा १४७ कर्मचारी जिल्लाको विभिन्न स्थानमा रहेको ५२ हुलाक कार्यालयमा १४७ कर्मचारी कार्यरत रहेका छन् । जिल्ला हुलाक, ११ इलाकका हुलाक र ४० अतिरिक्त हुलाक रहेका छन् । दरबन्दी अनुसार १५७ हुलाक हुनुपर्नेमा १४७ जना मात्र कार्यरत कर्मचारी रहेका छन् । १० जनाको दरबन्दी भने रिक्त रहेको हुलाक कार्यालयले जनाएको छ । जिल्ला अहिले हुलाक अधिकृत पद, खरिदार ४, हल्कारा ४, हुलाकी १४ जनाको पद रिक्त रहेको दरबन्दीमा हल्कारा २२, हुलाकी २३ र कार्यालय सहयोगी १ जना करारबाट पद पूर्ती गरिएको छ । बाँकी दश दरबन्दीमा कुनै व्यवस्था गरिएको छैन ।यस्तै नायब सुब्बा २ जना, लेखापाल १ जना, खरिदार ९, हल्कारा २२, हुलाकी २३, कार्यालय सहयोगी २ र अतिरिक्त कर्मचारी १४७ जना कार्यरत रहेका छन् ।