इलाम : इलामको सुर्योदय नगरपालिका- १० फिक्कलमा नेकपा माओवादी केन्द्रको टोल समिति गठन भएको छ ।
‘घरघरमा माओवादी, जनजनमा माओवादी’ मूल नारासाथ माओवादीले संचालन गरेको तीन महिने ‘जनतासँग विशेष रुपान्तरण अभियान’ अन्तरगत टोल समिति गठन गरेको छ ।
संगिता पोर्तेलको संयोजकत्वमा गठित ९ सदस्यीय टोल समितिको सहसंयोजकमा सुनिता राई, सचिवमा गंगा पराजुली, सहसचिवमा विद्या तिमसिना र कोषाध्यक्ष राजकुमारी आङ्दम्बे रहेका छन् । टोलको इञ्चार्ज इन्दिरा कटुवालकोे अध्यक्षतामा भएको बैठकले टोल समिति गठन गरेको हो ।
त्यसैगरी सो वडाका विभिन्न टोलमा टोल समिति गठन गर्ने निर्णय गरेको छ । वडा नम्बर १० का अध्यक्ष बिष्णु प्रसाद मैनालीको अध्यक्षता केन्द्रिय सदस्य केपी बरालको प्रमुख आथित्यता र नगर इञ्चार्ज प्रविन तिमसिनाको आथित्यतामा भएको बैठकले साविक गाविसका वडा बराबर पार्टीको टोल समिति गठन गर्ने निर्णय गरेको थियो ।
टोल कमिटी गठनका लागि वडा फिक्कल टोल कमिटीको इञ्चार्जमा इन्दिरा कटुवाल/कुमार लामा, आरुबोटे टोल इञ्चार्जमा हेम खाती, आहाले टोल इञ्चार्जमा बिष्णुप्रसाद मैनाली र डाँडागाउँ याङ टोलको इञ्चार्जमा वुद्ध बिष्ट चयन भएका छन् । बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका सूर्योदय नगरपालिका अभियान इञ्चार्ज तथा केन्द्रिय सदस्य केपि बरालले व्यवस्था परिवर्तनमा लागेको माओवादी अब जनताको अवस्था परिवर्तनका लागि हरेक कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए ।
लोकतान्त्रिक गणतन्त्र स्थापना, शान्ति प्रक्रिया, संविधान निर्माणको काम पछि अब व्यवस्थाको रक्षा र सुधारका काम गरि जनताको अवस्था परिवर्तनका लागि पार्टी निरन्तर सक्रिय भएर लागेको बरालले बताए । बैठकमा सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र सूर्योदय नगर इञ्चार्ज प्रविन तिमसिनाले देशको व्यवस्था परिवर्तनमा नेतृत्वदायी भुमिका निर्वाहा गरेको पार्टीले अब अवस्था परिवर्तनका लागि नेतृत्व गर्ने बताए । देशमा भष्ट्राचार अन्त्यका लागि जनतासँग हातेमालो गर्दै अघि बढ्ने भएकाले कार्यकर्ताहरुले सरकारले गरेका राम्रा कामहरुको प्रचारमा लाग्नुपर्ने बताए ।