इलाम : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले माङसेबुङ गाउँपालिका-३ मा शनिबार श्रमदान गरेको छ ।
‘जनजनमा माओवादी, घरघरमा माओवादी’ मूल नारासाथ माओवादी केन्द्रले संचालन गरेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत वडाका विभिन्न काममा श्रमदान गरको हो ।
माओवादी केन्द्र वडा समितिको आयोजनामा प्रत्येक शनिबार श्रमदान गर्न सुरु गरेको अभियान अन्तरगत शनिबार चतुरे बजारदेखि नवमीसम्मको बाटो, नवमी डाँडामा रहेको मन्दिर परिसर, चतुरे धारापानीको बाटो, धारापानी चर्च परिसर र ३ नम्बर वडा कार्यलय परिसर सरसफाइ गरेको हो ।
स्थनीय सयपत्री टोल विकास संस्थासँग समन्वय गरेर श्रमदान गरिएको वडाअध्यक्ष समेत रहेका माओवादी केन्द्रका माङसेबुङ इन्चार्ज एवम् अभियानका वडा कमाण्ड इन्चार्ज लक्षुमन राई जनमले जानकारी दिए ।
माओवादी केन्द्रले सो वडामा प्रत्येक शनिबार सार्वजनिक स्थलमा श्रमदान गर्दै आएको छ ।