अखिल क्रान्तिकारी इलाम नगर सम्मेलन सकियो, अध्यक्षमा दुलाल निर्वाचित

  नयाँ बुलन्द
630 Shares

इलाम : नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) इलाम नगर समितिको अध्यक्षमा मनोज दुलाल निर्वाचित भएका छन् ।

शनिबार सदरमुकामस्थि आदर्श माध्यमिक विद्यालयको सभाहलमा भएको अखिल (क्रान्तिकारी) इलाम नगरको प्रथम सम्मेलनबाट दुलाल अध्यक्षमा निर्वाचित भएका हुन् ।

‘शैक्षिक विकृतिका विरुद्ध सुदृढ संगठन, समाजवादी शिक्षा प्राप्तिका लागि प्रथम नगर सम्मेलन’ मूल नारा साथ भएको सम्मेलनले दुलालको अध्यक्षतामा २३ सदस्य नगर समिति निर्वाचित गरेको छ ।

समितिका उपाध्यक्षमा नवराज काफ्ले, सचिवमा प्रज्ञा घिमिरे, सहसचिवमा पवन कार्की र कोषाध्यक्षमा जिना राई निर्वाचित भएका छन् ।

सदस्यहरुमा आशिष् चेम्जोङ, पाल्जुङ तामाङ, मिलन गुरुङ, हेमकला सापकोटा, सुमित लिम्बू, ललित राय, निरोज कटुवाल, निर्मला दर्जी, इसल राई, वसन्त गुरुङ, सिमरन वाकदास, सोविता गुरुङ, सुम्निमा राई, विनिता राई, महिमा लिम्बू, आयुष गुरुङ, शिशिर लिम्बू र सनुप राई निर्वाचित भएका छन् ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य धिरेन्द्र शर्मा रमण र रञ्जित तामाङ, प्रदेश सदस्य एवम् इलाम जिल्ला संयोजक विजय खम्बू, प्रदेश सदस्य प्रभाष शर्मा र दिपेन राई, इलाम नगर अध्यक्ष विक्रम लिम्बू, विद्यार्थी फ्याक्सन इन्चार्ज गञ्जु प्रधान, अखिल(क्रान्तिकारी) केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विपिन पोख्रेल, इलाम जिल्ला अध्यक्ष नयन राई, वाइसिएल इलाम अध्यक्ष कमल दुलाललगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार