देउमाई नगरपालिका-२ मा माओवादीको टोल समिति

  नयाँ बुलन्द
301 Shares

इलाम : इलामको देउमाई नगरपालिका-२ स्थित तपेवामा नेकपा माओवादी केन्द्रको टोल समिति गठन भएको छ ।

गत बुधबार भएको टोलबासीहरुको भेलाले जीवन राईको अध्यक्षतामा १३ सदस्यीय टोल समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा गोविन्द लिम्बू र सचिवमा अनिल राई चयन भएका छन् । सदस्यहरुमा रोशन राई, टेकबहादुर राई, सन्तोष लिम्बू, स्मृति राई, आशा राईलगायत रहेका छन् ।

त्यस्तै साब्जुङमा समेत माइवादी केन्द्रको टोल समित गठन भएको छ ।

‘घरघरमा माओवादी जनजनमा माओवादी’ नारासाथ माओवादी केन्द्रले संचालन गरेको जनतासँग विशेष रुपान्तरण अभियान अन्तरगत टोल समिति गठन भएको हो ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् जनतासँग माओवादी विशेष रुपान्तरण अभियानका देउमाई कमाण्ड इन्चार्ज ‍लालबहादुर मगर, प्रदेस सचिवालय सदस्य राम राई, उर्मिला तामाङ, प्रदेश सदस्य अनिल बराईली, दिपेन राई, देउमाई नगर अध्यक्ष अशोक प्रधान, वाइसीएल प्रदेश सदस्य तथा जिल्ला सदस्य डिवन राईलगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार