माङसेबुङ-३ वडास्तरीय सडक मर्मत उपभोक्ता समिति गठन, अध्यक्षमा अञ्जली

  नयाँ बुलन्द
427 Shares

इलाम :  इलामको माङसेबुङ गाउँपालिका-३ मा वडास्तरीय सडक मर्मत उपभोक्ता समिति गठन भएको छ ।

शुक्रबार वडाअध्यक्ष लक्षुमन राई जनमसहित वडा सदस्यहरु, टोल विकास संस्थाका पदाधिकारी र वडाबासी सरोकारवालाहरुको भेलाले अञ्जली राईको अध्यक्षतामा ११ सदस्यीय उपभोक्ता समिति गठन गरेको हो ।

समितिको सचिवमा देउकुमार इधिङ्गो र कोषाध्यक्षमा लिला सुनुवार चयन भएकी छन् ।

सदस्यहरुमा मचिन्द्र साम्बा, टंकप्रसाद साम्बा, काजीकुमार राई, कविता राई, दिपेन्द्र लिम्बू, सपना राई, जितेन राई र कृष्ण बुढाथोकी चयन भएका छन् ।

माङसेबुङ गाउँपालिकाको चालु आर्थिक वर्ष २०८०/०८१ मा ३ नम्बर वडा सिलिङबाट वडास्तरीय सडक मर्मत शिर्षकमा ९ लाख ५० हजार रुपैयाँ विनियोजन भएको छ । समितिले वडास्तरीय सडक मर्मतको काम सुरु गर्ने वडाध्यक्ष राईले जानकारी दिए ।

चाडपर्व नजिकिदैं जाँदा वडाले समेत चाडपर्वलाई लक्षित गरी उपभोक्ता समिति गठन गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार