काठमाण्डाै : काठमाण्डाै जिल्ला अदालतले झन्डै ६१ किलाे सुन तस्करी प्रकरणमा २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएकाे छ ।
आज शुक्रवार अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले सुन तस्करी प्रकरणमा पक्राउ परेका मध्ये २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएकाे छ । अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार भन्सार एजेन्ट रुक्मिना सुब्बालाई भने पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको छ ।
सुन तस्करी प्रकरणमा संलग्न रहेकाे आराेपमा नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) ले २९ जनामाथि मुद्दा चलाउन सिफारिस गरेकाे थियाे । यस प्रकरणमा सरकारी वकिल कार्यालयले २९ जनाविरुद्ध मुद्दा दायर गरेकाेमा तीन जना फरार छन् ।
गएकाे साउन २ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ‘ब्रेक शु’ बरामद गरेकाे थियाे । त्याे ‘ब्रेक शु’ भित्र झन्डै ६१ किलाे सुन बरामद भएकाे थियाे ।