समाजवादी मोर्चाको इलाममा जिल्ला समिति गठन

 

इलाम : इलाममा समाजवादी मोर्चा नेपालको जिल्ला समिति गठन भएको छ ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टीका नेताहरुको बैठकले इलाममा समाजवादी मोर्चा गठन गरेको हो ।

समाजवादी मोर्चाको जिल्ला समितिमा नकेपा माओवादी केन्द्रबाट बिजय खम्बु, शान्ता बस्नेत र प्रभास सर्मा रहेका छन् । मोर्चामा नेकपा एकिकृत समाजवादी पार्टीबाट भक्त केसि, चित्रकला बराइली र मान बहादूर गुरुङ रहेका छन् । त्यसैगरि विप्लव नेतृत्वको नेकपाबाट मौसम सि, विमल सि र फडिन्द्र सि रहेका छन् । त्यसैगरि जनता समाजवादी पार्टीबाट याम बहादूर लिम्बु, छिकिन तामाङ र सुभास चौरासे रहेका छन् ।

त्यसैगरि बैठकले अशोज २० गतेसम्म १० वटै स्थानीय तहमा समाजवादी मोर्चा गठन गर्ने निर्णय गरेका छन् । त्यस अनुसार नेकपा माओवादी केन्द्रले इलाम नगरपालिका, चुलाचुली गाउँपालिका, माईजोगमाई गाउँपालिकाको नेतृत्व गर्नेछ । त्यसैगरि नेकपा एकिकृत समाजवादीले सूर्योदय नगरपालिका, रोङ र सन्दकपुर गाउँपालिकाको नेतृत्व गर्नेछ । त्यसैगरि विप्लव नेतृत्वको नेकपाले फाकफोकथुम र देउमाई नगरपालिकाको नेतृत्व गर्नेछ । त्यसैगरि जनता समाजवादी नेताले माई नगरपालिका र माङ्सेबुङ गाउँपालिकाको नेतृत्व गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार