दक्षिण कोरिया: इलामेली समाज दक्षिण कोरियाद्वारा आयोजित “इलाम चियाबारी साङ्गीतिक धमाका २०२३” भब्यताका साथ सम्पन्न भएको छ ।
कोरियन पर्व छुसकको अवसरमा सेप्टेम्बर ३० तारिख आयोजना गरिएको थियो । कार्यक्रममा नेपाली राजादुतवास, एनाअरएनए, एनसिसि, विभिन्न राजनीतिक दलका भातृ संगठनका अध्यक्ष, जातिय, क्षेत्रीय संस्थाका पदाधिकारीहरु,पत्रकार महासंघ,फोनिज कोरिया लगायत कोरियामा रहेका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उस्थिति रहेको थियो ।
स्थानीय कलकारहरुको सुरुवाती प्रस्तुतीबाट सुरु भएको कार्यक्रम एकदेव लिम्बुको अन्तिम प्रस्तुति संगै कलाकार सम्मान गरेर कार्यक्रम बेलुकी ९:३० बजे सम्म चलेको थियो । करीब एक हजार पाँच सय दर्शकको उत्साहजनक उपस्थितिमा सम्पन्न सांगितिक धमाका २०२३ मा स्थानिय कलाकारहरुले बेजोड प्रस्तुती संगै नेपालको चर्चित राष्ट्रिय कलाकारहरु एकदेव लिम्बु,रचना रिमाल लगायत पदम राई,दिपा सुहाङ्ग लक्ष्मन चोङबाङ, उषा उप्रेतीको प्रस्तुती रहेको धमाका २ बजेवाट पुर्वान्चल सरोकारका महासचिब केदार निरौलाले औपचारिक कार्यक्रम सन्चालन गरेका थिए ।
हल बाहिर इलामको पर्यटकिय स्थलहरुको तस्बिर प्रदर्शनसंगै ईलामको ग्रीन टि को समेत आयोजकले निःशुल्क वितरण गरेको थियो । नेपाली सम्पर्क समिति दक्षिण कोरियाद्वारा आयोजित कार्यक्रम वाँडफाँड कार्यक्रममा छूसकको तेश्रो दिन सेप्टेम्बर ३० तारिक पूर्वाञ्चल सरोकार समाज अन्तर्गत इलामेली समाजले कार्यक्रम गर्ने प्रस्ताव इलामेली समाज दक्षिण कोरियाको अध्यक्ष टिका थेगिमले लानु भएपश्चात त्यहाँवाट पारित भएर कार्यक्रम गर्ने अनुमति पाएको थियो ।
बृहत सांस्कृतीक कार्यक्रम ईलाम चियाबारी सांगीतिक धमाका २०२३ शव्य र भव्य रूपमा सम्पन्न भएको जानकारी गराउँदै आयोजकले कार्यक्रमलाई सफल बनाउन निस्वार्थ रूपले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आर्थिक, नैतिक तथा भौतिक सहयोग गर्नुहुने संघ संस्थाहरू, व्यक्ती, कलाकार, समाजसेवी, बुद्धिजीबी, व्यवसायी, पत्रकार अभियान्ता बिद्यार्थी लगायत सम्पूर्ण दाजुभाई दिदिबहिनीहरुमा हार्दिक धन्यबाद ज्ञापन ब्यक्त गरेको छ । उक्त कार्यक्रमबाट उठेको रकम जिल्लाको ग्रामीण क्षेत्रमा स्वास्थ्य सामाग्री सहयोग गरिने भएको छ । साथै छिट्टै आयव्यय सार्वजनिक गरिने आयोजकले जनाएको छ ।