इलाम – लोपन्मुख अवस्थामा पुगेको सालकको संरक्षणका लागि सीमावर्ती क्षेत्रमा संयुक्त पहल थालिएको छ । पूर्वी इलाम र भारतको दार्जिलिङ सीमावर्ती क्षेत्रमा सालकको संरक्षणको लागि चेतनामूलक कार्यक्रम गर्नुका साथै नेपाल र भारतका सरोकारवालाबीच सहकार्य गर्दै विभिन्न उपायको खोजी गर्न छलफल अघि बढाइएको छ ।
सीमावर्ती क्षेत्रमा सालकको बासस्थान छ । तर पछिल्लो समयमा यसको संख्या कम ह“ुदै गएको अनुमान स्थानीयले पनि गरेका छन् । यो क्षेत्रमा चाइनिज र भारतीय प्रजातीका सालक पाइन्छन् । सौखिनहरुले सालकको मासु महंगो मूूल्य तिरेर खाने गरेकाले यसको तस्करी हुने गरेको अनुमान छ । तस्करी नियन्त्रणकालागि दुवै देसका सरोकारवाला गम्भिर वन्धै अनुसन्धान र कारवाही प्रकृया प्रभावकारी वनाउनु पर्ने सम्वन्धितको भनाई छ ।
संरक्षणकालागि काम गर्दै आएको अशोका टुष्ट फर रिसर्च इन इकोलोजी एण्ड द इन्भायरोमेन्ट नामक संस्थाले २ देशका सरोकारवालाबीच अन्तक्रिया, विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, चित्रकला प्रतियोगिता लगायत कार्यक्रम सम्पन्न गरेको हो । दुवै देशका सरोकारवालाले लोपन्मुख अवस्थामा रहेको सालकको विषयमा स्थानीयस्तरमा चेतना विस्तारमा जोड दिन र कानुन कार्यान्वयनमार्फत तस्करी निरुत्साहित गर्न कृयाशिल रहने प्रतिवद्धता जनाएका थिए ।
बुुधवार सिमाना वजारमा आयोजित वक्तृत्वकला प्रतियोगितामा सूर्योदय नगरपालिका गोर्खेको हिमालय मा. वि. कि निष्ठा पोखेल प्रथम, सिंहदेवी मा.वि. गोर्खे मंगलवारे की समिक्षा खड्का द्वितिय तथा दार्जिलिङको थर्पु हाइयर स्कूलका प्रसिद्ध गुरुङ त्रितिय भए ।त्यस्तै चित्रकलातर्फ, थर्पुकी श्रेया शर्मा प्रथम, बौद्धधाम माविकि सपना राई दोस्रो र हिमालय मावि गोर्खेका राज लिम्बु तेस्रो भए ।
दुवै प्रतियोगितामा नेपालका ३ र दार्जिलिङका ४ विद्यालयको सहभागित थियो । विजेता विद्यार्थीलाई संस्थाकी डा. सुनिता प्रधानले पुरस्कार तथा प्रमाण-पत्र वितरण गर्नुभयो । लोपन्मुख अवस्थामा पुगेको सालकलाई मासुकै लागि शिकार गर्ने गरिएको बताउदै प्रधानले दुवै देशका वासिन्दालाई यसको संरक्षणका लागि चेतना विस्तार गर्दै कानुन कार्यान्वयनमा सरकारी पक्ष गम्भिर वन्नु पर्ने वताइन् । ‘सालकका अस्तित्व वचाई राख्नु नै ठूलो कुुरा हो,’ उनले भनिन्, ‘इकोसिस्टमको सन्तुलनका लागि यो अत्यवश्यक छ ।’ सालकको विषयमा थप खोज भइरहेको उनले वताइन् ।
वातावरण संरक्षणको क्षेत्रमा कृयाशिल इलामका राम रिमालले लोपन्मूख जनवारको सूचीमा रहेको सालकको संरक्षणकालागि एफएम रेडियो लगायत आम सञ्चार र सामाजिक सञ्जालमार्फत पनि सचेतना बढाउन सकिने धारणा राखे । नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराईले विद्यालयस्तरमा पाठ्यक्रम निर्माण गरेरै यो विषयमा समावेश गर्नु पर्नेमा जोड दिए ।