इलाम : जिल्ला प्रशासन कार्यालय इलाम देशभरीका जिल्ला प्रशासन कार्यालय मध्यमा चौंथो भएको छ । वितेको आर्थिक वर्ष २०७९÷०८० मा जिल्ला प्रशासन कार्यालय इलाम कार्य सम्पादन मुल्यांकनमा देशभरीमा चौंथो भएको हो ।
गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीबीच हरेक वर्ष कार्यसम्पादन सम्झौता हुने गरेको छ । जुन सम्झौताको कार्यान्वयनको अवस्था मुल्यांकन समितिले सार्वजनिक गरेको मुल्यांकन प्रतिवेदन अनुसार विभिन्न सूचकहरुको आधारमा इलाम चौंथो भएको हो ।
नयाँ प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेल आएपछी इलामका नागरिकले बिना झन्झट सहज रुपमा सेवा मात्र प्राप्त गरिरहेका छैनन कहिले सम्बोधन नहुने भुईमान्छेको आवाज समेत अहिले सम्बन्धित ठाउमा पुग्न थालेको छ । जस्को सहजीकरण तिनै प्रमुख जिल्ला अधिकारिले गरिरहेका छन ।
नयाँ प्रजिअ पोख्रेल आएपछी इलाम
नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा गएको ०७९ माघ १५ गते इलाम आएका श्रवण कुमार पोख्रेलले कार्यालयमा < बिचौलिया रहित सेवा प्रवाहको ग्यारेन्टी ( बिद्युतिय फारम कार्यालयले नै निशुल्क भरिदिने ,एकै दिनमा सेवाको ग्यारेन्टि, तयारी राहदानी र रा.परिचय पत्र कार्ड जुनसुकै दिन बितरण हुने ब्यबस्थाको सुरु गरेका थिए ।
पोख्रेलले नागरिकता , राष्ट्रिय परिचय पत्र र राहदानिको ३ वटै सेवा एकै दिनमा दिने सेवाको सुरुवात समेत गरेका छन उनले कार्यालयलाई दुइ शिफ्ट मै सेवाको संचालन हुने ब्यबस्था समेत मिलाएका मात्र छैनन् सेवाग्राही रहे सम्म कहिलै ५.०० नबज्ने work culture को अभ्यास समेत गराएका छन ।
यस्तै ईलाका प्रशासन र सिमा प्रशासनलाई सवै अधिकार प्रत्यायोजन गरि सेवाका लागि सदरमुकाम धाउनै नपर्ने बनाएका छन भने कारागारमा बन्दिको सहकारी पसल संचालनको नौलो अभ्यास समेत गरिसकेका छन ।
उता सेवा प्रवाहमा स्थानिय तह सवै र प्रशासन बिच लिखित partnership model को सफल अभ्यास चनाएका छन ।प्रजिअ पोख्रेलले बजार अनुगमनलाई समेत उतिकै चासोका साथ हेरिरहेका छन ।
सरकारी अनुदान प्राप्त मल बिक्री बितरणमा अनियमितता गर्ने सहकारी / फर्मलाई २ लाखका दरले , निशुल्क अस्पतालमा मात्र पाईने औषधी निजि फार्मेसिबाट बिकृ गर्ने फार्मेशिलाई २ लाखका दरले , कानून बिपरित ग्यास बिकृ गर्ने फर्मलाई ५ हजारका दरले जरिवाना गरि उपभोक्ता मैत्री बजार निर्माणको काम गरेका छन ।
त्यतिमात्र नभएर कोरिया पठाउने आस्वासन सहित बिना अनुमति तालिम संचालन गरि ठगि गर्ने ace skill training centre लाई कारवाहिको दायरामा ल्याई प्राप्त उजुरिको आधारमा १७ जनाको रकम फिर्ता समेत गराएका छ्न ।
यस्तै रोङ गाउपालिकामा रहेको सानो पाथिभराको बिवादको दिगो समाधान गर्न कानूनी प्रकृया अघि बढाएका छ्न । पोख्रेलले नागरिक संग बोल्ने , सुन्ने प्रशासन / अन्तरकृयात्मक प्रशासनको अवधारणा प्रयोग गरि नागरिकलाई सहज सेवाको अनुभुती दिलाएका छन ।