स्व.अम्बिका योङहाङको गजल तथा रूवाई संग्रह ‘मैनाम’ बिमोचन

  नयाँ बुलन्द
266 Shares

इलाम : पहिचानवादी साहित्यकार स्व.अम्बिका योङहाङद्वारा लिखित गजल तथा रूवाई संग्रह ‘मैनाम’ बिमोचन भएको छ ।

शनिबार इलामको दउमाई नगरपालिका-२ पुङफुङमा एक कार्यक्रम आयोजना गरी ‘मैनाम’ प्रकाशक संस्था योङहाङ समाज इलामले बिमोचन गरेको हो ।

योङहाङ समाज इलामका अध्यक्ष पंचबहादुर योङहाङ लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापक एवम् साहित्यकार मधुराज केरूङले ‘मैनाम’ बिमोचन गरे ।

कार्यक्रममा योङहाङ समाजका कानुनी सल्लाहकार अधिवक्ता यामप्रसाद लिम्बू, देउमाई नगरपालिका वडा नं. २ का वडाअध्यक्ष नरबहादुर मगर, योङहाङ समाजका सल्लाहका राजेन्द्र योङङहाङ, साहित्यकार एवम् भानुभक्त माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाशचन्द्र खनाल, किरात याक्थुङ चुम्लुङ देउमाई नगर अध्यक्ष पूर्णचन्द्र फियाक, संघीय लिम्बुवान पार्टी नेपालका केन्द्रीय सदस्य गोबिन्द योङहाङलगायतको उपस्थिति रहेको थियो ।

योङहाङ समाज इलामक सल्लाहकार राजेन्द्र योङहाङले स्वागत गरेको कार्यक्रममा साहित्यकार प्रकाशचन्द्र खनालले ‘मैनाम’ कृतिका बारेमा समिक्षात्मक टिप्पणी गरेका थिए ।

‘मैनाम’ मा विविध विषयवस्तुका गजल र रुवाईहरु सङ्ग्रहित गरिएका छन् । ‘मैनाम’ मा राज्यसत्ताको राप, ताप र प्रतापभन्दा पर उभिएर किनारका आवाजहरु बुलन्द गरिएका छन् । योङहाङले आफ्नो, भूमि, पहिचान, अस्तिस्त र विरासतका मुद्धाहरु दह्रो गरी उठाएका छन् । आफ्नो साँस्कृतिक बिम्बप्रतिक र मिथकहरुले रचनाहरु उजिल्याईएका छन् ।

१५ मंसिर २०३८ मा जन्मिएका योङहाङको गत २९ भदौमा चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचारकै क्रममा निधन भएको थियो । योङहाङद्वारा लिखित गजल तथा रूवाई संग्रह गरे योङहा समाज इलामले ‘मैनाम’ प्रकाशन गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार