इलाम : इलामको माङसेबुङ गाउँपालिकाले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपुर्जा वितरण प्रक्रियाका लागि भूमिको निस्सा वितरण गर्ने तयारी गरेको छ ।
माङसेबुङका ६ वटै वडामा आगामी १६ असोजदेखि निस्सा वितरण गरिने माङसेबुङ गाउँपालिकाले जनाएको छ । गाउँपालिकाद्वारा प्रकाशित सुचना अनुसार वडा नम्बर ६ मा १६ गते, ३ मा १७ गते, ५ मा १८ गते, ४ मा १९ गते, २ मा २५ गते र १ मा २६ गते निस्सा वितरणको तयारी गरिएको छ ।
सूचनामा सम्बन्धित व्यक्तिले आफ्नो नेपाली नागरिकताको प्रमाणपत्रसहित र सम्बन्धित व्यक्ति नभएमा एकाघरको नाता खुल्ने कुनै व्यक्तिले सम्बन्धित वडा कार्यालयको सिफारिसमा आफ्नो परिचयपत्रसहित उपस्थित भई निस्सा बुझिलिन अनुरोध गरिएको छ ।
यस अघि नै वडा-वडाबाट प्राप्त भएको विवरण फाराम प्रणालीमा प्रविष्ठ भई हाल तयारी अवस्थामा रहेको भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थीत बसोबासीहरुका लागि निस्सा वितरण गरिन लागेको प्रमुख प्रशासबीय अधिकृत विनोदकुमार चौहानले जानकारी दिए ।
लालपुर्जा वितरण प्रक्रियाका लागि भूमिको निस्सा वितरण गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिए । ‘अहिले निवेदन दर्ता भएपछि कम्प्युटरमा प्रविष्ठ गरेपछिको निस्सा वितरण गर्न लागिएको हो’ अध्यक्ष राईले नयाँ बुलन्दसँग भने, ‘त्यसपछि राष्ट्रिय भूमि आयोगसँगको समन्वयमा नापजाँजको काम सुरु हुन्छ । लालपूर्जा वितरण गर्न चाँही अलि समय लाग्ने रहेछ ।’
माङसेबुङ गाउँपालिकामा २ हजार ५ सय ८२ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेले लालपुर्जाको माग गर्दै निवेदन दिएका छन् । जसमध्ये २४ जना भूमिहीन दलित, २ सय २८ जना भूमिहीन सुकुम्बासी र २ हजार ३ सय जना अव्यवस्थित बसोबासीहरु रहेका छन् ।
माङसेबुङ गाउँपालिकाले जारी गरेको सूचना :