बिमानस्थलबाट समातियो तस्करीको तीन किलो सुन

  नयाँ बुलन्द
161 Shares

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब तीन किलो सुन बरामद गरिएको छ ।

अबैध तरिकाले सुन ल्याईरहेकी फिलिपिन्सकी महिला बिमानस्थलबाट  पक्राउ परेकी हुन् ।

बिमानस्थल प्रहरी प्रमुख अर्जुनचन्द ठकुरीका अनुसार शुक्रबार साँझ दुबई हुँदै काठमाडौं आएकी उनलाई सुनसहित पक्राउ गरिएको हो ।

उहाँका अनुसार बरामद गरिएको सुन झण्डै तीन किलोग्राम रहेको छ । उनी माथी थप अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार