इलाम : इलामको फाकफोकथुम गाउँपालिका-७ मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले संगठन विस्तार अभियान संचालन गरिरहेको छ ।
शुक्रबार भएको भेलाले वडा समितिको कार्यबाहक अध्यक्षमा मनकुमार खत्री र कार्यबाहक सचिवको जिम्मेवारीमा निरोज राईलाई दिएको छ ।
‘घरघरमा माओवादी, जनजनमा माओवादी’ मुल नारासाथ जारी तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत जिम्मेवारी तोकेको हो ।
यस्तै वडा अन्तर्गतको १ नम्बर टोल समिति गठन भएको छ । दिलिप तामाङको अध्यक्षतामा गठित समितिका सचिवमा बबिता लिम्बू चयन भएकी छन् ।
सदस्यहरुमा केशव राई, विवेक श्रेष्ठ, दिन राई, भूपेन लिम्बु, धनमाया लिम्बू, सञ्जय राई, विक्रम राई, दिवस लिम्बु र विक्रम लिम्ब रहेका छन् ।
बाँकी सबै टोलहरुको गठन पश्चात मंसिर सम्ममा वडाको सम्मेलन सम्पन्न गर्ने वडा कमान्ड इन्चार्ज एवं पालिका उपाध्यक्ष केदार खनालले बताए ।
कार्यक्रममा प्रदेश सदस्य सौरभ गुरुङ, प्रदेश परिषद् सदस्य एवं वडा कमान्ड इन्चार्ज प्रकाश परियार, पालिका उपाध्यक्ष केदारनाथ खनाल, वाइसीएलका प्रदेश सदस्य भुपाल लिम्बु र सन्तोष लिम्बु र जिल्ला सचिव निरा गुरुङको उपस्थिति रहेको थियो ।