इलाम : इलामको फाकफोकथुम गाउँपालिका-६ मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले संगठन विस्तार अभियान संचालन गरिरहेको छ ।
‘घरघरमा माओवादी, जनजनमा माओवादी’ मुल नारासाथ जारी तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत विहीबार मेतालुङ टोलमा टोल समिति गठन गरेको छ ।
समितिको अध्यक्षमा कृष्ण थापा र सचिवमा नेत्रबहादुर गुरुङ चयन भएका छन् । सदस्यहरुमा यादव दर्जी (टेकबहादुर), तारानाथ दर्जी, पूर्ण थापा, आसा गुरुङ, नवराज राई, अनु थापा, अर्जुन मगर, डोल्मा तामाङ गुरुङ, डिल्ली गुरुङ, तिलक थापा मगर र गोविन्द पौडेल चयन भएका छन् ।
तत्यस्तै सोही टोलमा वाइसीएल नेपालको समिति गठन भएको छ । समितिका अध्यक्षमा नवराज राई र सचिवमा डोल्मा गुरुङ चयन भएका छन् ।
सदस्यहरुमा अर्जुन राइ, यादव दर्जी, अनु थापा, रातानिधि दर्जी र पूर्ण थापा चयन भएका छन् ।
वडा समिति उपाध्यक्ष फुलमाया राइको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सदस्य सौरभ गुरुङ, प्रदेश परिषद् सदस्य एवं वडा कमान्ड इन्चार्ज प्रकाश परियार, वाइसीएल जिल्ला सचिव निरा गुरुङ, पालिका सचिव प्रकाश राई, कोषाध्यक्ष विष्णुमाया थापा, प्रदेश जेष्ठ कम्युनिस्टका लेखध्वोज बोहोरा र किसान महासंघका जिल्ला उपाध्यक्ष टिका पौडेलको उपस्थिति रहेको थियो ।