बालिका बलात्कार अरोपमा बर्दियामा एक पक्राउ

बर्दिया : १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा ५६ वर्षीय पुरुष पक्राउ परेका छन् ।

बढैयाताल गाउँपालिका–९ श्रीलंका टोलमा एक वर्षदेखि बस्दै आएका गेरुवा गाउँपालिका–५ गोला घर भएका ५६ वर्षीय कृष्णकुमार दमाईलाई जबर्जस्ती करणी गरेको अभियोगमा बिहीबार बेलुकी पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, मैनापोखरका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले बताए ।

पक्राउ परेका दमाईले ती बालिकालाई पटक–पटक विभिन्न समयमा जबर्जस्ती करणी गरेको उजुरीको आधारमा पक्राउ गरेको प्रहरी निरीक्षक ठगुन्नाले जनाए । उनीमाथि आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा म्याद थपका लागि गुलरिया ल्याइएको छ । ‍

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार