सरकार र राहत शिक्षकबीच पाँच बुँदे सहमति

काठमाडौं : राहतका शिक्षकहरुले आन्दोलन फिर्ता लिएका छन् । शुक्रबार शिक्षा मन्त्रालयसँग ५ बुँदे सहमति भएपछि आन्दोलन फिर्ता लिएका हुन् । यससँगै अब राहत शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धामा भिड्न उमेरहद नलाग्ने भएको छ ।

राहत शिक्षक संयुक्त आन्दोलन परिचालन समितिले विभिन्न मागहरु राखेर आन्दोलन गर्दै आएको थियो । मन्त्रालयले राहतका शिक्षक बालविकासमा कार्यरत बालसहजकर्ता, विद्यालयमा कार्यरत कर्मचारी, साविक उच्च माध्यमिक विद्यालयमा नियुक्त भई कार्यरत शिक्षकहरु, निवृत्त बञ्चित शिक्षक समुह स्थायी शिक्षक र स्थायी शिक्षक हक हितमञ्चले राखेको मागहरु सम्बोधन गर्दै सहमति गरेको हो ।

०७६ पछि स्थायी नियुक्ति लिएका तर लामो समय राहत तथा अस्थाई करार उच्च मावि अनुदान दरवन्दीमा कार्य गरेका शिक्षकको हकमा पेन्सनका लागि समयावधि नपुगेमा पुरानो सेवावधि जोडेर शिक्षा ऐन २०२८ को व्यवस्था अनुसार निवृत्तभरणको ब्यवस्था गर्ने सहमति भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार